समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधामन्त्री ओली, देउवा र प्रचण्डबिच भेटवार्ता

Sagarmatha Post
Sagarmatha Post २७ भाद्र २०८१, बिहीबार
1 Min Read
Aa

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठकको तयारी र समसामयिक राजनीतिक विषयमा आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुुवाटारमा आज बिहान भएको छलफलमा शुक्रबार बस्ने परिषद् बैठकको तयारी र समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बुधबार साँझका लागि राखिएको बैठक परिषद्को बैठक स्थगन भएको थियो । रासस

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्