एप्लिकेसन अफ सिसिटिभि एण्ड ड्रोन इन पुलिस अपरेशन एण्ड इन्भेष्‍टिगेशन अनुशिक्षण समापन

Sagarmatha Post
Sagarmatha Post २८ भाद्र २०८१, शुक्रबार
1 Min Read
Aa

काठमाडौंनेपाल प्रहरी प्रधान कार्यालय संचार निर्देशनालयमा संचालित दोस्रो समूहको एप्लिकेसन अफ सिसिटिभि एण्ड ड्रोन इन पुलिस अपरेशन एण्ड इन्भेष्‍टिगेशन अनुशिक्षण बिहीबार समापन भएको छ । उक्त अवसरमा सोही निर्देशनालयका प्रहरी वरिष्ठ उपरीक्षक ई. गोपाल बहादुर रेग्मीले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्दै प्रहरी कामकारवाहीलाई थप प्रमाणमुखी बनाउन अनुशिक्षणबाट प्राप्त सैद्धान्तिक एवम् व्यवहारिक ज्ञान सीप फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । प्रहरी उपरीक्षक अंशु कुमार सिंहले स्वागत मन्तव्य तथा अनुशिक्षण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा प्रहरी उपरीक्षक प्रदिप बहादुर क्षेत्रीले प्रशिक्षार्थीहरूको तर्फबाट मन्तव्य व्यक्त गर्नुभएको थियो । गत भदौ २३ गतेदेखि संचालित ५ कार्यदिन अवधिको उक्त अनुशिक्षणमा प्रहरी उपरीक्षक १ जना, प्रहरी नायव उपरीक्षक ७ जना र प्रहरी निरीक्षक ७ जना गरी कुल १५ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्