भोटेकोशी नदीमा खसेको बोलेरो गाडीलाई नदीबाट निकालियो

Sagarmatha Post
Sagarmatha Post २९ भाद्र २०८१, शनिबार
1 Min Read
Aa

सिन्धुपाल्चोक, सिन्धुपाल्चोकस्थित भोटेकोशी नदीमा खसेको बोलेरो गाडीलाई नदीबाट निकालिएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ स्थित बबन्डरटोलबाट गाडी भोटेकोशी नदीमा खसेको थियो । क्रेनको सहयोगमा बा२०च २१८५ नम्बरको बोलेर गाडी निकालिएको तर गाडीमा रहेका मान्छे फेला नपरेको सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए । उनका अनुसार गाडी तातोपानीबाट काठमाडौँ आउँदै गर्दा दुर्घटनामा परेको हो । बोलेरोमा चालक सिन्धुपाल्चोकको भोटेकोशीका ३८ वर्षीय सानु शेर्पा र बाह्रविसेका सुन्तली तामाङ रहेको बुझिएको उनले बताए । उनीहरूको अवस्था थाहा हुन नसकेको र खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्