ट्राफिक प्रहरीको लापसे चेकिङमा २ जना चालक नियन्त्रणमा

Sagarmatha Post
Sagarmatha Post २९ भाद्र २०८१, शनिबार
1 Min Read
Aa

काठमाडौं ।  काठमाडौंको नागढुङ्गाबाट लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका २ जना चालकलाई शुक्रबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । बागमती प्रदेश ०६(००१ ज ०२ ७० नम्बरका माइक्रो चालक चितवनको भरतपुर महानगरपालिका २४ का २७ वर्षीय अजय वि।क र बागमती प्रदेश ०१(००६ ख ४६ ७८ नम्बरका बस चालक धादिङको गल्छी गाउँपालिका ८ का ३४ वर्षीय प्रकाश तामाङलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।  नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङगाको संयुक्त टोलिले चेक गर्दा‍ लागुपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा  फेला परेका उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागी प्रहरी वृत्त थानकोट पठाइएको छ ।
यात्रु बोक्ने जस्तो संवेदनशिल सवारी साधन चलाउने चालकलेनै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैंमा नियम बिपरीत तथा दण्डनीय कार्य भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक बिश्‍वराज खड्काले बताउनु भयो । यसरी सवारी साधन चलाउँदा चालकको मात्र नभइ यात्रुहरूको जीवन समेत जोखिममा पर्ने भएकाले आफु सवार सवारी साधनका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्नुहुन अनुरोध गरिएको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्