मुग्लिङ , सिमराबाट काठमाडौँ जाँदै गरेको मालवाहक ना ६ ख ६२८३ नम्बरको ट्रक नारायणगढ मुग्लिङ सडकको सिमलताल नजिकैबाट त्रिशूली नदीमा खसेको हो । ट्रक त्रिशूली नदीको किनारमा खसे पनि पानीमा भने पुगेको छैन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक भेषराज रिजालका अनुसार दुर्घटना ग्रस्त ट्रकका चालक सह चालक अहिले सम्म सम्पर्कमा छैनन् । सो सडकमा अन्य यात्रु भए नभएको पनि खुल्न सकेको छैन । अहिले प्रहरी घटनास्थलमा पुगेर उद्धारको काम जारी राखेको छ ।
सिमराबाट काठमाडौँ जाँदै गरेको मालवाहक ट्रक सिमलताल नजिकैबाट त्रिशूली नदीमा खस्यो


प्रतिक्रिया दिनुहोस्