म्यानमारमा शक्तिशाली समुद्री आँधी यागीका कारण कम्तीमा ७४ जनाको मृत्यु

Sagarmatha Post
Sagarmatha Post ३० भाद्र २०८१, आईतवार
1 Min Read
Aa

काठमाडौँ, शक्तिशाली समुद्री आँधी यागीका कारण कम्तीमा ७४ जनाको मृत्यु भएको छ भने कयौँ अझै बेपत्ता रहेका छन्। आँधीले म्यानमारमा मुसलधारे वर्षा, बाढी, र पहिरो निम्त्याउँदै ठुलो हताहत गराएको सरकारी सञ्चार माध्यमले आइतबार जानकारी दिएको छ। ःबथबश ध्बह

गाउँ र घर ध्वस्त
बाढीका कारण म्यानमारका ४५० गाउँ र वडा डुबानमा परेका छन् भने ८९ जना बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेको छ। म्यानमार न्युज एजेन्सी ९एमएनए०का अनुसार आँधीका कारण ६५ हजार घर पूर्ण रूपमा ध्वस्त भएका छन्।

सबैभन्दा शक्तिशाली आँधी
समुद्री आँधी यागीलाई यसवर्ष एसियामा आएको सबैभन्दा शक्तिशाली आँधी मानिएको छ। यसले दक्षिण चीनदेखि फिलिपिन्स र भियतनाम हुँदै म्यानमारमा ठुलो विनाश गरेको हो। आँधीका कारण भियतनाममा २२६ जनाको मृत्यु भएको थियो भने गत हप्तामा थाइल्यान्डमा ९ जनाको मृत्यु भएको थियो।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्