नारायणगढ–मुग्लिन सडकखण्डको नौ किलोमा दुईतर्फी सडक सञ्चालनमा

Sagarmatha Post
Sagarmatha Post ३१ भाद्र २०८१, सोमबार
1 Min Read
Aa

मुग्लिन,  नारायणगढ–मुग्लिन सडकखण्डको नौ किलोमा दुईतर्फी सडक सञ्चालनमा आएको छ । आइतबार राती करिब ७:२० बजे इच्छाकामना गाउँपालिका-६ नौ किलोमा सडक चिरा परी छेउमा लगाएको जालीको भाग भासिएको थियो । सडकको करिब पाँच मिटर भाग चिरा परेर एक फिट तल सरेको थियो । रातीदेखि एकतर्फी सञ्चालन हुँदै आएकामा मर्मतपछि आज बिहान १०:४० बजेपछि सडक दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्