राष्ट्रपति रामचन्द्र पौडेलद्वारा इन्द्रजात्राकाे अवलोक

Sagarmatha Post
Sagarmatha Post १ आश्विन २०८१, मंगलवार
1 Min Read
Aa

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्राकाे अवलोकन गर्नुभएको छ । सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल जुद्ध सालिकदेखि पैदल हनुमानढोका दरबार क्षेत्रस्थित गद्दी बैठक गई जात्रा अवलोकन गर्नुभएको हो । उहाँलाई काठमाडौँ महानगरपालिकाका उपमेयर सुनिता डङ्गोलले स्वागत गर्नुभएको थियो । जात्राका अवसरमा राष्ट्रपति पौडेलले श्रीगणेश, श्री भैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाई यात्रा गराउने अनुमति दिनुभएको थियो । यसपछि श्रीगणेश, श्री भैरव र श्रीकुमारीको रथयात्रा गरिएको थियो । भाद्र शुक्ल द्वादशीका दिन मङ्गलबार बिहान हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुरु भएको इन्द्रजात्राको आज मुख्य दिन हो । जात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल लगायत मन्त्रीहरू, सांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि लगायत सहभागी हुनुहुन्थ्यो । वर्षा र सहकालका देवताका रुपमा पुजिने इन्द्रको आज विधिपूर्वक पूजा आज पनि गरिएको थियो । जात्राका अवसरमा लाखे नाच, दशअवतार नाच लगायत, महाकाली नाच, रामचन्द्र नाच, पुलुकिसी नाच लगायत सांस्कृतिक झाँकी, नाचगान हुने गर्छ । यस पर्वका अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइएको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्