रबिन थपलिया । काठमाण्डौं । असोज २ । राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा तारकेश्वर नगरपालिकाका सबै सामुदायिक विद्यालयहरुलाई स्मार्टबोर्ड बितरण गरिएको छ ।
तारकेश्वर नगरपालिकाको शिक्षा शाखाको आयोजनामा हिजो धर्मस्थलीमा आयोजना गरिएको कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले तारकेश्वर नगरपालिकामा रहेका ७ आधारभुत र १५ माध्यामीक विद्यालय गरी कुल २२ सामुदायिक विद्यालयलाई स्मार्टबोडी बितरण गर्नुभयो । आधारभुत विद्यालयहरुलाई एक/एक थान र माध्यामिक विद्यालयलाई तिन/तिन थान तथा एसईई परिक्षामा उत्कृष्ट स्थान हाँसील गर्ने ३ विद्यालयलाई थप एक/एक थान गरी २२ सामुदायिक विद्यालयहरुलाई कुल ५५ थान र नगरपालिकाको कार्यालय प्रयोजनका लागि ५ थान गरि ६० थान स्मार्टबोर्ड बितरण गरिएको छ ।
जस अनुसार कुञ्चिप्वाकल मा.वि, साङला बालकुमारी मा.वि, कालीदेवि मा.वि, काभ्रेस्थली मा.वि, तिजपुर मा.वि, नागार्जुन ठुलागाउँ मा.वि, कालिका शरण मा.वि, पुरानोगुह्येश्वरी मा.वि, पृथ्वीनारायण मा.वि, नागार्जुन मा.वि, ग्रमसेवा मा.वि, फुटुङ मा.वि, मनमैजु मा.वि, मानसिंह धर्म मा.वि र नेपाल राष्ट्रिय मा.वि, कालिका कठेरी आ.वि, ज्ञानोदय आ.वि, महादेव स्थान आ.वि, सरस्वती आ.वि, खडवालकोट आ.वि, धर्मविद्याश्रम आ.वि लाई स्मार्टबोर्ड बितरण गर्नुभयो ।
नगरप्रमुख कृष्ण हरि महर्जनले यस अघि प्रविधिमैत्री विद्यालयका लागि स्मार्टबोर्ड बितरण गर्ने घोषणा गर्नुभएको थियो । नगरप्रमुखको उक्त अभियान अन्तर्गत विद्यालयलाई स्मार्टबोर्ड बितरण गरिएको हो ।
कार्यक्रममा नगरप्रमुख कृष्ण हरि महर्जनले सामुदायिक विद्यालयहरुमा स्मार्टबोर्डको प्रयोगले शैक्षिक गुणस्तर बृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । नगरप्रमुख महर्जनले तारकेश्वरको शैक्षिक गुणस्तर बृद्धि गदै शिक्षा क्षेत्रमा देशकै नमुना नगरपालिका बनाउने अभियानमा लागेको बताउनुभयो ।
नगरप्रमुख महर्जनले स्मार्टबोर्ड बितरणसंगै नगरपालिकाले चाँडै शिक्षकहरुलाई तालिम समेत सञ्चालन गर्ने बताउनुभयो । बितरण गरिएका सवै स्मार्टबोर्डहरु तारकेश्वरका सामुदायिक विद्यालयहरुमा ढुवाई समेत भइसकेको तारकेश्वर नगरपालिकाको शिक्षा शाखाका अधिकृत पदम बहादुर खत्रीले बताउनुभयो ।
कार्यक्रममा तारकेश्वर नगरपालिकाका सामाजिक विकास शाखाका प्रमुख एवं वडा अध्यक्ष परशुराम अर्याल, वडा अध्यक्षहरु बिदुर सापकोटा, सम्भु फुंयाल, घनश्याम श्रेष्ठ, कुमार राई, शिक्षा शाखाका प्रमुख बिर बहादुर खडका, प्याव्सनका अध्यक्ष धन बहादुर पुन, तारकेश्वर सामुदायिक विद्यालय संघका अध्यक्ष कृष्ण ओझा सहित सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु, विद्यार्थी, नगरपालिकाका कर्मचारीहरु, कार्यपालिका सदस्यहरु र नगरपालिकाका विषयगत शाखाका प्रमुखहरु लगायतको उपस्थीति रहेको थियो ।
प्रविधि मैत्री बन्दै तारकेश्वरका समुदायिक विद्यालय, शिक्षा दिवसको अवसरमा सबै सामुदायिक विद्यालयलाई स्मार्टबोर्ड बितरण


प्रतिक्रिया दिनुहोस्