रबिन थपलिया । काठमाण्डौं । असोज २ । संविधान दिवस तथा राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा तारकेश्वर नगरपालिकाले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
तारकेश्वर नगरपालिकाको प्राङगण धर्मस्थलीमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेको तारकेश्वर नगरस्वास्थ्य शाखाका प्रमुख बिनोदकुमार साहले बताउनुभयो । रक्तदाताहरुलाई नगरप्रमुख कृष्ण हरि महर्जनले प्रमाणपत्र बितरण गर्नुभयो । प्रमाणपत्र बितरण गदै नगरप्रमुख कृष्ण हरि महर्जनले नेपाल सरकारको राष्ट्रिय कार्यक्रम अन्तर्गत संविधान दिवसको पुर्वसन्ध्यामा रक्तदान कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
रक्तदान कार्यक्रममा तारकेश्वर नगरपालिकाका जनप्रतिनिधिहरु, कर्मचारीहरु र सर्वासाधारणहरुले रक्तदान गर्नुभएको नगर स्वास्थ्य शाखाका अधिकृत गणेश कुवंरले बताउनुभयो ।
तारकेश्वर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी बिच तारकेश्वर नगरवासीलाई निशुल्क रगत दिने सम्बन्धी सम्झौता बमोजिम तारकेश्वर नगरपालिका भित्र स्थायी बसोबास गर्ने नागरिकहरुले नेपाल रेडक्रस सोसाइटीको रक्तसञ्चार केन्द्रबाट रगत लिदा विगत २ बर्ष देखि कुनै पनि शुल्क नतिरी (क्रस म्याच लगायतका लागि लाग्ने शुल्क) रगत निशुल्क उपलब्ध गराउदै आएको छ ।





fg


प्रतिक्रिया दिनुहोस्