सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ

Sagarmatha Post
Sagarmatha Post ६ आश्विन २०८१, आईतवार
1 Min Read
Aa

काठमाडौं । सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ पक्राउ परेका छन् । जोशीलाई सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको मुद्दामा प्रहरीले पक्राउ गरेको हो । गृहमन्त्री रमेश लेखकले  आइतबार मात्रै सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न भन्दै निर्देशन दिएका थिए । लगत्तै जोशीलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दियो । जोशीलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले कास्की जिल्ला प्रहरीको पत्रका आधारमा पक्राउ गरेको स्रोतले जनाएको छ । उनलाई अनुसन्धानका लागि पोखरा पठाइनेछ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्