आमसञ्चार माध्यम लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्ड : राष्ट्रपति रामचन्द्र पौडेल

Sagarmatha Post
Sagarmatha Post ६ आश्विन २०८१, आईतवार
1 Min Read
Aa

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको राजनीतिक परिवर्तन, सामाजिक रूपान्तरण र आर्थिक विकासमा नेपाली पत्रकारिता जगतले निर्वाह गरेको भूमिका प्रशंसनीय भएको बताउनुभएको छ ।प्रेस काउन्सिल नेपालको ५५औँ वार्षिकोत्सवका अवसरमा आइतबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले आमसञ्चार माध्यम लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्ड भएको बताउनुभयो । संघीय लोकतान्त्रिक गणतन्त्रको प्रतिफल जनताको घर, आँगनसम्म पुर्‍याउने कामका लागि शासन सञ्चालनमा बसेकाहरूलाई घच्घचाएर लोकतन्त्रप्रति जनताको भरोसा अभिवृद्धि गर्ने काममा तपाईँहरूले अझै जिम्मेवार भएर काम गर्नुहुनेछ भन्ने पनि मैले विश्वास लिएको छु ।” – उहाँले भन्नुभयो । राष्ट्रपति पौडेलले स्वतन्त्र, निष्पक्ष र जिम्मेवार पत्रकारिताबिना लोकतन्त्र सुदृढ हुन नसक्ने भन्दै यही कारणले पत्रकारितालाई चौथो अङ्गका रुपमा सम्मान प्राप्त भएको स्पष्ट पार्नुभयो । काउन्सिल नेपालको ५५औँ वार्षिकोत्सवका अवसरमा प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार अखण्ड भण्डारीलाई र प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार बद्रि सिग्देललाई प्रदान गर्नुभएको थियो । साथै काउन्सिल नेपालको ५५औँ वार्षिकोत्सव विभिन्न व्यक्तिहरूलाई सम्मान गर्नुभएको थियो । राष्ट्रपति पौडेलले काउन्सिललाई अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्ने लोकतन्त्रको मूल मान्यताप्रति गम्भीर बन्दै मिथ्या र गलत सूचना सम्प्रेषणबाट जनतालाई दिग्भ्रमित पार्न सक्ने अहिलेको चुनौतीको सजगतापूर्वक सामना गर्नका लागि शुभकामना दिनुभयो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्