प्रधानमन्त्री केपी शर्मा ओली ‘फ्युचर फर समिट’को उद्घाटन समारोहमा सहभागी

Sagarmatha Post
Sagarmatha Post ७ आश्विन २०८१, सोमबार
1 Min Read
Aa

वासिङटन, डिसी । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने सिलसिलामा न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली ‘फ्युचर फर समिट’को उद्घाटन समारोहमा सहभागी हुनुभएको छ । केहीबेर अघि प्रारम्भ भएको उक्त समिटमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापा, परराष्ट्र सचिव सेवा लम्साललगायत प्रतिनिधिमण्डलका अन्य सदस्य सहभागी हुनुहुन्छ । प्रधानमन्त्री ओलीले आजै समिट फर फ्युचरलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्