कर्मचारीमाथि मन्त्री गुप्ताकाे कर्मचारी सरुवा आतंक, सरकारी निकाय बिर्ता नठान्न राष्ट्रिय कर्मचारी संगठनको चेतावनी

Sagarmatha Post
Sagarmatha Post ७ आश्विन २०८१, सोमबार
2 Min Read
Aa

काठमाडौं । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले संघीय मालिला तथा सामान्य प्रशासन मन्त्रालयले पूर्वाग्राह राखि सुरुवा गरेको भन्दै आपत्ति जनाएको छ । संगठनका अध्यक्ष अम्बादत्त भट्टले आइतबार एक विज्ञप्ति जारी गर्दै निजामती सेवा ऐनको मर्म र भावना विपरित विभिन्न मितिमा सरुवा गरेको भन्दै सरुवा सच्चाउन माग गरेका छन् । मन्त्री राजकुमार गुप्ताले कर्मचारीहरुमाथि गरेको सरुवा आतंक तथा विभिन्न मन्त्रालय, विभाग, कार्यालयहरुमा रिक्त दरबन्दी राखि कर्मचारीलाई कामविहीन बनाउदै अतिरिक्त समूहमा राखेर कर्मचारीहरुको मनोबल गिराउने काम गरेको भन्दै अध्यक्ष भट्टले आपत्ति जनाएका छन् ।
‘निजामती सेवा ऐनको मर्म र भावना विपरित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विभिन्न मितिको निर्णयको आधारमा २०८१।५।३१ मा प्रकाशित कर्मचारी सरुवा विवरणमा हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । तटस्थ र स्वतन्त्र रुपमा संचालन हुनुपर्ने प्रशासन संयन्त्र निर्माण गर्नुपर्नेमा राजनीतिक आस्थाका आधारमा पूर्वाग्राह राखेर ट्रेड युनियन ऐन, २०४९ विपरित ट्रेड युनियनका पदाधिकारीलाई कार्यक्षेत्र बाहिर गर्ने सरुवा तथा निजामती सेवा ऐन, २०४९ ले व्यवस्था गरेको समयावधि नपुग्दै र सेवा निवृत्त हुनका लागि १ बर्षभन्दा कम अवधि भएका कर्मचारीहरुमाथि गरेको सरुवा आतंक तथा विभिन्न मन्त्रालय, विभाग, कार्यालयहरुमा रिक्त दरबन्दी राखी कर्मचारीहरुलाई कामविहीन बनाउँदै अतिरिक्त समूहमा राखी कर्मचारीहरुको मनोबल गिराउने गरी मच्चाएको राज्य आतंक कानूनी शासनको प्रतिकुल देखिँदा उक्त कार्य अबिलम्ब बन्द गरी हालसम्म भएका अनियमित सरुवा सम्बन्धी सम्पूर्ण गलत कार्य तत्काल सच्चाउन जोडदार माग गर्दछौं’ अध्यक्ष भट्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
अध्यक्ष भट्टले सरकारी निकाय र संरचनाहरु अमुक संस्था वा व्यक्तिको बिर्ता नठान्न र प्रशासकीय नेतृत्वले सार्वजनिक प्रशासनमा देखाइएका सरुवा आतंक राज्य व्यवस्था तथा सुशासन समिति, प्रतिनिधिसभाका सदस्य, राष्ट्रियसभाका सदस्य तथा सरोकारवाला निकायहरुको अध्यक्ष भट्टले ध्यानाकर्षण गराएका छन् ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्