वडाध्यक्ष ओली घुससहित पक्राउ

Sagarmatha Post
Sagarmatha Post ९ आश्विन २०८१, बुधबार
1 Min Read
Aa

झापा, झापाको बुद्धशान्ती गाउँपालिका वडा नं. २ का वडाध्यक्ष डिल्ली प्रसाद ओलीले घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार सेवाग्राहीसँग जग्गा पास तथा लेनदेन सिफारिस सम्बन्धी कार्यका लागि ८० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा ओली पक्राउ परेका हुन् ।ओलीलाई घुस दिने भारतीय नागरिक अमरनाथ चौहानसमेत पक्राउ परेका सहायक प्रवक्ता थपलियाले बताए । घुस लेनदेनको सूचना टेलिफोनमार्फत् पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट टोली खटिएको थियो । दुवैजनालाई नियन्त्रणमा लिए थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्