प्रथम झापा एक–काठमाडौं कप फुटसल प्रतियोगिता २०८१ सन्चालन हुने

Sagarmatha Post
Sagarmatha Post १० आश्विन २०८१, बिहीबार
2 Min Read
Aa

काठमाडौं, प्रथम झापा एक–काठमाडौं कप फुटसल प्रतियोगिता, झापाली नेता र कलाकारवीच रोचक भीडन्त प्रथम झापा एक–काठमाडौं कप फुटसल प्रतियोगिता २०८१ सन्चालन हुने भएको छ । डिएभी स्कुल जावलाखेल,ललितपुरमा हुने प्रतियोगितामा ३० बर्ष मुनिका खेलाडी रहने छन् । उक्त फुटसल प्रतियोगितामा ७ वटा टिम समावेश हुने भएका छन । १२ गते शनिवार सन्चालन हुने उक्त फुटसल प्रतियोगितामा झापा क्षेत्र नं. १ का ७ वटा टिम बिच प्रतिस्पर्धा हुने भएको छ । जसमा क्षेत्र नं. १ का साविकका गाविस शान्तिनगर, बाहुन्डाँगी, धाइजन, मेचिनगर, ज्यामिरगढी, दुहागडी र चन्द्रगडी बीच प्रतिस्पर्धा हुने भएको छ ।

प्रतियोगितामा विजेता हुने टीमले २१ हजार नगद सहित ट्रफी र सम्मानपत्र पाउने छन भने दोश्रो हुने टीमले ११ हजार नगद सहित ट्रफि र सम्मानपत्र पाउने आयोजक संस्था झापा १–काठमाडौं सम्पर्क समितिका प्रमुख प्रज्वल कोइरालाले जानकारी दिए ।

उक्त अवसरमा झापाका राजनैतिक दलका नेता भर्सेस झापाका कलाकारवीच रोमान्चक मैत्रीपूर्ण खेल हुनेछ । सो खेलमा राप्रपा अध्यक्ष राजेन्द्र लिङंदेन,काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा,एमाले नेता अग्नि खरेल, एलपी साँवा, सहितका नेताहरू खेल्दै हुनुहुन्छ भने कलाकारका तर्फवाट सीताराम कट्टेल, प्रमोद खरेल, एलिना चौहान, विलसन विक्रम राई,टीका भण्डारी,प्रकाश सुवेदी,हेमन्त बुडाथाेकी लगायत भिड्दै हुनुहन्छ । साे अवसरमा सभामुख देवराज घिमिरे र काँग्रेस नेता कृष्ण सिटाैलाकाे पनि उपस्थिति हुने छ ।

साथै पेशा व्यवसायी भर्सेस कर्मचारी, झापा क्षेत्र नं. १ क र ख का महिला टीमबीच मैत्रीपूर्ण खेल समेत हुने भएको छ । झापाबाट काठमाडौं आइ बसोबास गर्ने,व्यापार व्यवसाय गर्ने र विद्यार्थीहरुलाई लक्षित गरि उक्त खेलको आयोजना गरिएको छ । बडा दशै,तिहार,नेपाल सम्वत र छठको शुभकामना आदान प्रदान गर्ने अवसरको रुपमा झापा १ संघीय सांसद सचिवालय र नेपाली कांग्रेस झापा १–काठमाडौं सम्पर्क समितिले संयुक्त रुपमा प्रतियोगिताको आयोजना गरेको हो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्