मुग्लिन , नौबिसे–मुग्लिन सडकखण्डमा पर्ने चिरौँदी खोलानजिक पहिरोले एउटा कार बगाएको छ । बिहीबार राति सडकमाथिबाट आएको पहिरोले कार बगाएको धादिङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पहिरोले कारलाई बगाएर सडकभन्दा केही तल खसालेको छ । धादिङको गजुरीबाट काठमाडौँ जाँदै गरेको बा२च ७८८५ नम्बरको कारलाई पहिरोले बगाएको हो । उक्त पहिरोमा परेर ४ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । घाइते हुनेमा काठमाडौँ चन्द्रागिरी नगरपालिका( १२ बस्ने ६५ वर्षका धर्म महर्जन, सोही स्थानका ४५ वर्षका देवकृष्ण श्रेष्ठ, ५८ वर्षका करण प्रकाश शाही र कार चालक कास्कीको पोखरा महानगरपालिकाका ४० वर्षका विष्णु श्रेष्ठ रहेका छन् । सामान्य घाइते उनीहरु उपचार पश्चात् डिस्चार्ज भइसकेका प्रहरीले जनाएको छ।
चिरौँदी खोलानजिक पहिरोले कार बगाए ४ जना घाइते


प्रतिक्रिया दिनुहोस्