विषम परिस्थितिमा आफ्ना जनताको जिउधनको सुरक्षाप्रति गम्भीर बन्न सरकारलाई काँग्रेस नेता जगदिश्वर नरसिंह केसीको आग्रह

Sagarmatha Post
Sagarmatha Post १२ आश्विन २०८१, शनिबार
1 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । असोज १२ । संविधान सभा सदस्य एवं नेपाली काँग्रेसका नेता जगदिश्वर नरसिंह केसीले देशैभर दुई दिन देखिको लगातार बाढी र पहिरोका कारण उत्पन्न विषम परिस्थितिमा आफ्ना जनाताको जिउधनको सुरक्षाप्रति गम्भीर बन्न सरकारलाई आग्रह गर्नुभएको छ ।
बिपत्तीको घडीमा तत्काल उद्दार र राहतको योजनाबद्ध काम थाल्न सरकारलार्ई आग्रह गदै नेता केसीले पार्टीका सबै तह र निकायलाई दुखको यस घडीमा काधमा काध मिलाएर उद्धार र राहतको कार्यमा सहभागी बन्न आग्रह समेत गर्नुएको छ ।
नेता केसीले विपत्तका कारण भएको भौतिक र मानवीय क्षती प्रति दुख व्यक्त गदै बिपदमा परि ज्यान गुमाएका देशैभरका सबै नागरिकहरु प्रति भाबपुर्ण श्रदाञ्जली अर्पण गदै घाइतेको सिघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभएको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्