दर्ता र अनुमती नलिई प्यान कार्डको भरमा मेडिकल सञ्चालन, तारकेश्वरको अनुगमन टोलीले बन्द गरायो अबैध औषधीपसल

Sagarmatha Post
Sagarmatha Post १३ आश्विन २०८१, आईतवार
2 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं ।  तारकेश्वर नगरपालिकाको अनुगमन टोलीले यतिबेला तारकेश्वरको बजारहरुको अनुगमन गरिरहेको छ । चाडपर्वको समयमा व्यापारीहरूले जथाभावी मूल्य लिने, म्याद गुज्रिएका अखाद्य वस्तुलाई बेच्ने लगायतका समस्या देखिने गरेकाले बजारलाई व्यवस्थीत गर्नका लागि नगरपालिका क्षेत्रमा अनुगमन थालिएको छ ।
अनुगमनको दोश्रो दिन शुक्रबार अबिर बर्षाको बिच पनि तारकेश्वर नगरपालिकाको अनुगमन टोलीले बजार अनुगमन गरेको छ । टोलीले तारकेश्वर नगरपालिका वडा नं १० क्षेत्रका पसल तथा व्यवसायहरुको अनुगमन गरेको हो । बजार अनुगमन टोलीले शुक्रबार वडा नं १० लोकतान्त्रीक चोक देखि मनमैजु पुल सम्मका खाध्यान्न, औषधी पसलहरु, कस्मेटीक पसलहरु, मिठाईपसल, सुन पसल, मासुपसल, पानी कम्पनी लगायत २६ वटा व्यवासयहरुको अनुगमन गरिएको तारकेश्वर नगरपालिकाको अनुगमन टोलीका संयोजक भुपेन्द्र सिंह बडालले बताउनुभयो ।
अनुगमनका क्रममा तारकेश्वर नगरपालिका वडा नं १० बाट गुम्बा जाने बाटोमा रहेको एक मेडिकलले आन्तरीक राजश्व कार्यालय बाहेक सरकारको कुनै पनि निकायमा दर्तानै नगरी औषधी बिक्री बितरण गरेको भेटिएपछि उक्त औषधी पसल बन्द गरिएको अनुगमन टोली संयोजक बडालले बताउनुभयो । गोरखा गुरुङ मेडिकल नाम राखी आन्तरीक राजश्व विभागमा दर्ता भएको उक्त औषधी पसलमा फार्मेसिष्ट समेत नराखी अनुमती नभएको व्यक्तिले औषधी बेचेर जनताको स्वास्थ्यमा गम्भीर खेलबाड गरिएकाले भेटीएपछि पसल बन्द गरिएको अनुगमन टोलीका सदस्य एवं राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष तिर्थ महर्जनले बताउनुभयो ।
त्यस्तै तारकेश्वर १० मा कुनै व्यवसायनै दर्ता नगरी बिना अनुमती दशै बजार भन्दै सामान बिक्री गरिरहेको एक पसल समेत बन्द गरिएको छ भने एन्जल्स हार्ट स्कुलसंगै रहेको गुरुङ डेरीले म्याद गुज्रीएका सामानहरु बिक्री गरेको पाइएपछि सामानहरु जफल गरिएको अनुगमन टोलीका सदस्य कोपीला देवकोटाले बताउनुभयो ।
तारकेश्वर नगरपालिका वडा नं १० का अध्यक्ष कुमार राईको उपस्थीतिमा भएको अनुगमनमा राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय सचिब तिर्थ नारायण महर्जन, मञ्चका काठमाण्डौं जिल्ला अध्यक्ष मदन श्रेष्ठ, तारकेश्वर चेम्बर अफ कमर्शका प्रतिनिधि कोपीला देवकोटा, नेपाल प्रहरी, नगर प्रहरी, पत्रकार, नगरपालिकाका विषयगत शाखाका प्रमुख एवं प्रतिनिधि लगायतको संयुक्त टोलीले बजार अनुगमन गरेको हो ।
चाडबाडको समयमा तारकेश्वर नगरपालिका क्षेत्र भित्रका बजारलाई व्यवस्थीत बनाउन नगरप्रमुख कृष्ण हरि महर्जन र उपप्रमुख सृजना बुर्लाकोटी अर्यालको निर्देशनमा अनुगमन टोली परिचालन गरिएको हो ।

 

May be an image of 3 people and people studying

May be an image of 2 people and text

May be an image of 5 people and text

fgfg

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्