काठमाण्डौं । भारी बर्षाका कारण असोज १२ गते शनिवार हुने तय भएकाे झापा एक–काठमाडौं कप फुटसल प्रतियोगिता स्थगित भएको छ । डिएभी स्कुल जावलाखेल,ललितपुरमा हुने भनिएकाे प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको थियो । अब साे प्रतियाेगिता मंसीर १ गते शनिवार हुने आयोजक संस्थाले जानकारी दिएकाे छ । झापा १ संघीय सांसद सचिवालय र नेपाली कांग्रेस झापा १–काठमाडौं सम्पर्क समितिले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगिता बर्षाका कारण स्थगित गर्नु परेको आयोजक संस्था झापा १–काठमाडौं सम्पर्क समितिका अध्यक्ष प्रज्वल कोइरालाले जानकारी दिए । खेल स्थगितबाट पर्न गएको असुविधाप्रति आयोजकले क्षमायाचना गरेको छ ।
भारी बर्षाका कारण झापा एक–काठमाडौं कप फुटसल प्रतियोगिता स्थगित


प्रतिक्रिया दिनुहोस्