नेपाली कांग्रेसको तर्फबाट सरकारको विपद राहतकोषमा ५० लाख रुपैया जम्मा गर्ने निर्णय

Sagarmatha Post
Sagarmatha Post १३ आश्विन २०८१, आईतवार
2 Min Read
Aa

काठमाण्डौ । नेपाली कांग्रेसले लगातारको वर्षाका कारण आएको बाढी र पहिरोबाट पीडित बनेका नागरिकलाई तत्काल उद्धार र राहत कार्यलाई तिव्रता दिन सरकारसँग माग गरेको छ । कांग्रेस कार्यसम्पादन समितिको आज बसेको बैठकले बाढी र पहिरोबाट बेपत्ता भएका नागरिकको तिब्रताका साथ खोजी गर्न, घाइतेहरुको निःशुल्क उपचार चाडो भन्दा चाडो गर्न अनुरोध गरिएको प्रवक्ता प्रकासशरण महतले जानकारी दिनुभयो ।
यसैगरी, बैठकले बाढी र पहिरोका कारण बाटोमा अलपत्र परेका नागरिकलाई राहत र उद्धार कार्यलाई तिब्रताका साथ अगाडि बढाउन पनि आग्रह गरेको प्रवक्ता महतले जानकारी दिनुभयो । कांग्रेस कार्यसम्पादन बैठकले नेपाली कांग्रेसका विभिन्न संगठनमा आवद्ध नेता कार्यकर्तालाई नागरिक तहमा गएर पीडितको उद्धार कार्यमा खटिन समेत निर्देशन दिएको छ । बैठकले बाढी पहिरोले देशभर कै विच्छेद भएको सडक सञ्जाल, पुलहरु चाडो भन्दा चाडो पुनर्निर्माण गर्नुपर्ने, तत्काल पुल बनाउन नसक्ने ठाउँमा बेलीव्रिज उपलब्ध गराई चाडपर्वमा आफ्नो घर जान सक्ने परिस्थिति बनाउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गरेको छ ।
यसैगरी, बैठकले नेपाली कांग्रेसको तर्फबाट सरकारको विपद राहतकोषमा ५० लाख रुपैया जम्मा गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महत जानकारी दिनुभयो । यसैगरी बैठकले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको छ । उपनिर्वाचनमा खडा गरिने उम्मेद्धवारलाई दलको औपचारिक पत्र प्रदान गर्न पाटी सभापति शेर बहादुर देउवालाई जिम्मेवारी प्रदान गरिने पनि बैठकले निर्णय गरको हो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्