अवरुद्ध सेवा सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ : नेपाल टेलिकम

Sagarmatha Post
Sagarmatha Post १४ आश्विन २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौँ । नेपाल टेलिकमले वर्षा र बाढीका कारण अवरुद्ध सेवा सञ्चालनमा ल्याउने प्रयास भइरहेको जनाएको छ । विगत केही दिनदेखिको अविरल वर्षाका कारण नेपालभरिका विभिन्न स्थानमा आएको बाढी, पहिरो तथा डुबानका कारणले कतिपय स्थानमा अवरुद्ध भएका टेलिकमका सेवा सञ्चालनमा ल्याउन काम भइरहेको जनाइएको छ । विद्युत् आपूर्तिमा रोकावट भई टेलिकमका बीटीएस टावरहरू बन्द भएको तथा कतिपय स्थानका ट्रान्समिसन लिङ्कसमेत अवरुद्ध भएको टेलिकमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । प्रतिकूल मौसमका बाबजुद पनि प्राविधिक परिचालन गरी सेवा पुनर्स्थापित गर्ने प्रयास भइरहेको टेलिकमले जनाएको छ । धेरै स्थानका टेलिफोन तथा इन्टरनेट सेवा सुचारु भइसकेको छ भने केही स्थानमा सेवा पुनर्स्थापनाको प्रयास भइरहेको छ । ुअप्रत्याशित दैवी प्रकोपका कारणले सिर्जित आपत्तिजनक परिस्थितिमा सेवा अवरुद्ध भई ग्राहक वर्गमा पर्न गएको असुविधा प्रति कम्पनी क्षमाप्रार्थी छ,ु विज्ञप्तिमा उल्लेख छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्