बाढीपहिरो पीडितहरुका लागि सक्दो सहयोग गर्न जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेशनको अपिल

Sagarmatha Post
Sagarmatha Post १४ आश्विन २०८१, सोमबार
1 Min Read
Aa

अमेरिका – जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेशनले नेपालमा गत साताको भीषण वर्षा, बाढी र पहिरोका कारण विस्थापित तथा पीडितहरुका लागि सक्दो आर्थिक तथा भौतिक सहयोग गर्न संसारभरि रहेका नेपाली, प्रवासी संघसंस्था एवं नेपालका मित्रहरुलाई अपिल गरेको छ। फाउन्डेशनका अध्यक्ष डा यादव पण्डितले एक विज्ञप्ति जारी गर्दै त्यस्तो अनुरोध गरेका हुन्। “नेपालीले व्यहोर्नु परेको विपदको यस घडीमा संसारभरिका नेपालीहरु एक साथछौं भन्ने हामी संदेश दिन चाहन्छौं। नेपाल र नेपालीको समृद्धिको लागि सक्दो योगदान दिने संकल्प बोकेर स्थापना गरिएको जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेशन दुखको यस घडीमा तन, मन र धनले पीडित नेपालीहरुको घाउमा मल्हम लगाउन सक्दो आर्थिक तथा भौतिक सहयोग गर्न संसारभरि रहेका नेपालीहरु, प्रवासी संघसंस्था एवं नेपालका मित्रहरुलाई हार्दिक अपिल गर्दछ,” विज्ञप्तिमा भनिएको छ । अध्यक्ष पण्डितले नेपालस्थित जय नेपाल फाउन्डेशनसंग आबद्ध साथीहरुलाई आ आफ्नो क्षेत्रमा उद्धार तथा राहत कार्यमा जोडिन आग्रह पनि गरेका छन् । “दुखको यो घडीमा आफ्नो क्षमताले भ्याए सम्म सहयोगको हात बढाउन हामी तत्पर रहेको पनि दोहोराउन चाहन्छौं,” विज्ञप्तिमा भनिएको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्