ललितपुर । प्रगति युवा क्लब र ललितपुर महानगरपालिका–२५ को संयुक्त आयोजनामा दुईदिने सैबु भैंसेपाटी महोत्सव हुने भएको छ । महोत्सव यही शुक्रबार र शनिबार हुनेछ । शुभ विजया दशमी, शुभ दीपावली, नेपाल सम्बत् ११४५, छठ पर्वको उपलक्ष्यमा महोत्सव आयोजना गर्न लागेको हो ।महोत्सवको बारेमा जानकारी दिन आज आयोजित पत्रकार संमेलनमा महोत्सब संयोजन समितिका संयोजक सुमन महतले सैबु र भैसेंपाटीको पहिचान स्थापित गराउन, सैबुभंैसेपाटीमा रहेका मठमन्दीर, सांस्कृतिक कलाक्षेत्रको विकास र बिस्तार गर्न, यसक्षेत्रमा रहेका ढुंगेधारा, पाटीपौवा र एतिहासिक स्थलका चिनारी दिन महोत्सव आयोजना गर्न लागेको जानकारी दिनुभयो ।
महोत्सव आवास क्षेत्रभित्र हुनेछ । उहाँले महोत्सवबाट आम्दानी भएको केही रकम बाढी पहिरोको विपत्मा परेका परिवारलाई सहयोग गर्ने जानकारी दिनुभयो । बाढी पहिरोको कारण ललितपुर महानगरको वडा २५ र १८ मा ठुलो क्षति पुगेको छ ।
कार्यक्रमममा बोल्दै आयोजक ललितपुर–२५ का अध्यक्ष दौलतकुमार खत्रीले मेलाले यस क्षेत्रको आर्थिक विकासमा सहयोग पुग्ने बताउनुभयो । उहाँले ललितपुर महानगरपालिका वडा नम्बर १८ र २५ लक्षित गरी महोत्सव आयोजना गरेको बताउनुभयो । महोत्सवमा यसक्षेत्रका ऐतिहासिक, सांंकृतिक महत्वको बारेमा जानकारी हुने बताउनुभयो । उहाँले पुरातात्विक महत्वका संम्दाहरुको परिचय दिन महोत्सवले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । उहाँले मेला आयोजना गर्न जिल्ला प्रशासन कार्यालय र ललितपुर महानगरपालिका, जिल्ला प्रहरी परिसर ललितपुर लगायत सबै सरोकार निकायबाट स्वीकृत लिएको जानकारी दिनुभयो ।
प्रगति युथ क्लबका अध्यक्ष श्यामराज लिम्बुले सैंबु र भैसेपाटीको ब्यापार व्यवसाय विस्तारगर्न,एतिहासिक स्थलको चिनारी दिन महोत्सव आयोजना गरेको बताउनुभयो ।उहाँले मेलाबाट आम्दानी भएको केही रकम बाढीपहिरो पिडितलाई सहयोग गर्ने बताउनुभयो । सैबु र भैसेपाटीभित्र रहेका व्यवसायीको हितको लागि महोत्सवले ठुलो भुमिका निर्वाह हुने विश्वास लिएको अध्यक्ष लिम्बुको भनाई छ ।
महोत्सवको आकर्षणको रुपमा खाना महोत्सव, अटो सो, हस्तकलाका सामाग्री, विभिन्न प्रकारका काण्ठकला, मुर्तिकला, दशै लक्षित कपडा लगायतको स्टल रहनेछ । संयोजक महतले महोत्सबमा सैंबु भैसेपाटीसंग जोडिएको दुई नगरी खोकना र बुंगमतीको एतिहासिक सामाग्री प्रदर्शनीमा राखिने जानकारी दिनुभयो । भन्नुभयो– महोत्सवले यसक्षेत्रमा रहेका घरेलु तथा साना उद्योगको विकास हुनेछ ।
महोत्समा कनेक्टिङ पार्टनरको रुपमा वल्र्ड लिंक रहेको छ । डिसहोम र नेपाल समाचारपत्र मिडिया पार्टनर रहेको छ । महोत्सवमा चर्चित र स्थानीय कलाकारको सांस्कृतिक कार्यक्रम रहनेछ । महोत्सव क्लब र वडाको लागि मात्र नभएर सैंबु ,भैसेपाटी,एतिहासिक नगरी बुंगमती र खोकना क्षेत्रवासीको लागि महत्वपुर्ण हुने संयोजक महतले बताउनुभयो ।
दुईदिने सैंबु भैसेपाटी महोत्सब हुदै


प्रतिक्रिया दिनुहोस्