सिन्धुलीको कमलामाईमा दसैँका यात्रु सवार माइक्रोबस दुर्घटना भएको छ । आज बिहान करिब साढे चार बजे सिन्धुलीको कमलामाई नगरपालिका- ८ भिमाननजिकै सिस्नेरी भन्ने ठाउँमा दुर्घटनामा हुँदा १५ जना घाइते भएका छन् । काठमाडौँबाट १९ जना यात्रु लिएर विराटनगरतर्फ जाँदै गरेको बा५ख ६६१८ नम्बरको माइक्रोबस दुर्घटनामा चालकसहित १५ जना घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्द काफ्लेका अनुसार घाइतेमध्ये ९ जनालाई थप उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको काफ्लेले बताए । बाँकी ६ जना घाइते स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि अन्य सवारी साधनमा चढेर गन्तव्यतर्फ लागेका छन् ।चालक निदाउँदा अथवा तीव्र गतिको कारण माइक्रो दुर्घटनामा परेको अनुमान प्रहरीले गरेको छ । माइक्रो सडकबाट नालीमा खसेको प्रहरीले जनाएको छ ।
काठमाडौँबाट विराटनगरतर्फ जाँदै गरेको माइक्रोबस सिन्धुलीको सिस्नेरीमा दुर्घटनाहुँदा १५ जना घाइते


प्रतिक्रिया दिनुहोस्