बिपी राजमार्ग अन्तर्गत पर्ने वैकल्पिक राजमार्ग हालसम्म पूर्ण रूपमा सुचारु हुन सकेन

Sagarmatha Post
Sagarmatha Post २० आश्विन २०८१, आईतवार
1 Min Read
Aa

बिपी राजमार्ग अन्तर्गत पर्ने वैकल्पिक राजमार्ग हालसम्म पूर्ण रूपमा सुचारु नभएको ट्राफिक प्रहरीले जनाएको छ । मंगलटारबाट रोशी खोला पार गरी तेमाल गापा वडा नं ७ कल्धार, मेटोल, कुरुबास, काङलिङ, पोखरी नारायणस्थान, कानपुर, भकुन्डे हुँदै धुलिखेलतर्फको लागि वैकल्पिक मार्ग सुचारु गर्न निरन्तर प्रयास भइरहेको र उक्त वैकल्पिक रुट खुल्न साथ तत्काल जानकारी गराइने ट्राफिक काभ्रेपलान्चोक जिल्ला समन्वय समितिले सूचना जारी गर्दै जानकारी गराएको छ ।  मंगलटारबाट सिन्धुलीको सिमानासम्मको करिब ७ किमी बाटो सञ्चालन गर्न प्रयासरत रहेको भएता पनि केही दिन लाग्न सक्ने देखिन्छ । हाल काभ्रे स्थित बिपी राजमार्ग पूर्ण रूपमा बन्द रहेको छ  ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्