नेप्से : सेयर बजार आइतबार ५६ अंकले वृद्धि

Sagarmatha Post
Sagarmatha Post २० आश्विन २०८१, आईतवार
1 Min Read
Aa

काठमाडौं, सेयर बजार आइतबार ५६ अंकले बढेको छ । साताको पहिलो कारोबार दिन बजार ५६.०९ अंकले बढेको हो । सो अंकको वृद्धिपछि नेप्से २६५३ मा कायम भएको छ । यस दिन २१९ कम्पनीको सेयर मूल्य बढेको छ । २३ कम्पनीको सेयर मूल्य घटेको छ । ६ अर्ब १३ करोड ८२ लाख ६ हजार रुपैयाँबराबरको सेयर खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । यस दिन फाइनान्स सेक्टरमा लगानीकर्ताको आकर्षण देखियो । फाइनान्स सूचक सबैभन्दा धेरै ६.३० प्रतिशत बढ्यो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्