काठमाडौँबाट भोजपुर जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा दुईजनाको निधन,२८ घाइते

Sagarmatha Post
Sagarmatha Post २१ आश्विन २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौँ, काठमाडौँबाट भोजपुर जाँदै गरेको यात्रुबाहक बस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा दुर्घटना हुँदा दुईजनाको निधन भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार, बागमती प्रदेश ०१००६ ख ६७८५ नम्बरको बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो। सोमबार दिउँसो करिब पौने ३ बजेतिर बस दुर्घटनामा परेको थियो। बसमा लगभग २५ जना सवार रहेको प्रहरीले जनाएको छ। घाइते भएकाहरूलाई जिल्ला अस्पताल, कपिलाकोट र स्थानीय अस्पतालमा

पु-याइएको प्रहरीले जनाएको छ

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्