राष्ट्रपति रामचन्द्र पौडेलद्वारा विधेयक प्रमाणीकरण

Sagarmatha Post
Sagarmatha Post २२ आश्विन २०८१, मंगलवार
0 Min Read
Aa

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ प्रमाणीकरण गर्नुभएको छ । उहाँले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । उक्त विधेयक सङ्घीय संसद्का दुवै सदनले पारित गरी प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयसमक्ष पेश गरेका थिए ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्