काठमाण्डौ, काठमाण्डौको ठमेल एरियामा रहेका डान्सबार, क्लब लगायतका मनोरन्जन स्थानहरुमा उमेर नपुगेका वालवालिकाहरुलाई प्रवेश तथा काममा लगाईरहेको भन्ने सूचनाको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोलिले उमेर नपुगेका बालबालिकाहरुलाई रात्रिकालिन मनोरञ्जनस्थलमा प्रवेश गराएको अवस्थामा जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं. १६ ठमेल स्थित SENATE CLUB र FIRE DISCO THEQUE CLUB का प्रवेश दिने कार्यमा जिम्मेवार निम्न व्यक्तिहरूलाई बालबालिका सम्वन्धी ऐन २०७५ को परिच्छेद ८ बमोजिमको कसुरमा अनुसन्धान तथा कारबाहिको लागि जिल्ला प्रहरी परिसर, काठमाण्डौ पठाईएको । साथै, उल्लेखित स्थानहरूबाट उद्धार गरिएका नावालिगहरूलाई अभिभावकको जिम्मा लगाई पठाईएको ।



प्रतिक्रिया दिनुहोस्