चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव तानिए मन्त्रालय

Sagarmatha Post
Sagarmatha Post ७ कार्तिक २०८१, बुधबार
1 Min Read
Aa

चितवन , चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव मन्त्रालयमा तानिएका छन् । चितवन पुगेको साढे चार महिनामा नै उनको सरुवा भएको हो । उनलाई फिर्ता बोलाएर प्रकाश पौडेललाई चितवनमा काज सरुवा गरिएको गृह मन्त्रालय स्रोतले जनाएको छ । त्यस्तै, प्रहरी प्रधान कार्यालयले चितवन प्रहरी प्रमुख एसपी भावेश रिमाललाई पनि तानेको छ । एसपी रिमाललाई काज सरुवा गरेर मानव बेचबिखन अनुसन्धान ब्युरोमा कार्यरत एसपी गौतम मिश्रलाई चितवन पठाइएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेपछि त्यसको विरोधमा रास्वपाका नेता कार्यकर्ता विरोधमा उत्रिएका थिए । चितवनमा पनि रास्वपाका नेता कार्यकर्ताले विरोध गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला बनाएर नारायणी नदिमा दाहसंस्कार गरेका थिए । सो विरोधलाई प्रजिअ र एसपीले रोक्न नसकेको गृह मन्त्रालयको विश्लेषण छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्