सुर्खेत, सुर्खेतको बराहताल गाउँपालिकामा मिनीबस (एसएमएल) दुर्घटना भएको छ । कर्णाली प्रदेश ०२२ १ ख १०१४ नम्बरको एसएमएल गाडी दुर्घटना हुँदा दैलेखको ठाटीकाँध गाउँपालिका–४ का ३५ वर्षीय दीपक शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ । जुम्लाबाट वीरेन्द्रनगरतर्फ आउँदै गरेको कर्णली प्रदेश गाडी कर्णाली राजमार्ग अन्तर्गत बराहताल गाउँपालिका–८ को हुड्के नजिक ठाउँमा बिहीबार बिहान ७ बजेतिर दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक वीरेन्द्रविर विश्वकर्माले अनुसार दुर्घटनामा परि ६ जना घाइते भएको जानकारी दिए । उनका अनुसार घाइतेहरुको कर्णाली केयर अस्पतालमा उपचार भइरहेको छ । २९ जना यात्रु सवार उक्त गाडी अनियन्त्रित भएर सडक छेउमा पल्टिएको प्रहरीको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्