नेपाल विद्युत् प्राधिकरणले बक्यौता नतिर्ने उद्योगको लाइन काट्न सुरू

Sagarmatha Post
Sagarmatha Post ९ कार्तिक २०८१, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ,  नेपाल विद्युत् प्राधिकरणले बक्यौता नतिर्ने उद्योगको लाइन काट्न थालेको छ। दिइएको म्यादभित्र बक्यौता तिर्न नआएपछि लाइन काट्न थालेको प्राधिकरणका अधिकारीले बताएका छन्। यसअघि बिहान प्राधिकरणको सञ्चालक समितिमा यस विषयमा छलफल भएको थियो। नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत् उपभोग गरेका ४९ उद्योगलाई बक्यौता तिर्न दिएको समय बिहीबार (कात्तिक ८ मा) सकिएपछि लाइन काट्न सुरू गरेको हो। रकम नतिरी बस्ने सबै उद्योगको लाइन काट्ने ती अधिकारीको भनाइ छ।

गत असोज २४ गते फूलपातीका दिन प्राधिकरणले एक सूचना प्रकाशित गरी कात्तिक ८ गतेभित्र बक्यौता रकम बुझाउन आग्रह गर्दै सो समयभित्र नबुझाए कानुनी प्रक्रिया थालिने चेतावनी दिएको थियो। विद्युत् प्राधिकरणले ६ अर्ब ४३ करोड रुपैयाँ बक्यौता उठाउन बाँकी रहेको छ। यसअघि प्राधिकरणले ६ वटा उद्योगको लाइन काटेको थियो। पछि मन्त्रिपरिषद्को निर्देशनमा ३ महिनाका लागि जोडिएको थियो। तीन महिनाको म्याद पनि बिहीबार नै सकिएको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्