धादिङमा इभी माइक्रो दुर्घटनामा ११ जना घाइते

Sagarmatha Post
Sagarmatha Post ९ कार्तिक २०८१, शुक्रबार
1 Min Read
Aa

धादिङ, धादिङमा इभी माइक्रो दुर्घटना भएको छ । मुग्लिङ-काठमाडौं सडक खण्डको महादेवबेसी नजिकै इभी माइक्रो दुर्घटना भएको हो । दुर्घटनामा ११ जना घाइते भएको धादिङ प्रहरीले जानकारी दिएको छ ।प्रहरीका अनुसार घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ । बागमती प्रदेश ०१–०३० च ७६५९ नम्बरको विद्युतीय भ्यान करिब साढे १ बजेतिर अनियन्त्रित भई सडकबाट तल खसेको महादेवबेसीका सहायक हबल्दार दिपक श्रेष्ठले जानकारी दिए । सो भ्यान मनकामना दर्शनका लागि जाँदै गरेकाहरुले रिजर्भ गरेका थिए । दुर्घटनामा घाइते भएकाहरुलाई महादेवबेसी प्रहरी लगायतले उद्धार गरेका थिए । घाइतेहरुको उपचार महादेवबेसीकै टाइम्स केयर अस्पतालमा भइरहेको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्