आइसिसी विश्वकप लिग-२ खेल्ने नेपाली टोलीको घोषणा

Sagarmatha Post
Sagarmatha Post १० कार्तिक २०८१, शनिबार
1 Min Read
Aa

काठमाडौँ,  आइसिसी विश्वकप लिग-२ खेल्ने नेपाली टोली घोषणा भएको छ। शनिबार नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप लिग-२ खेल्ने नेपाली टोली घोषणा गरेको हो । टोलीमा कप्तान रोहित पौडेल, कुशल भूर्तेल, आशिफ शेख, अनिल साह, भिम सार्की, आरिफ शेख, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्सन झा, रिजन ढकाल, सन्दीप लामिछाने परेका छन् ।

देव खनाल र सागर ढकाललाई रिजर्भमा राखिएको छ । अमेरिका र स्कटल्याण्डसँग लिग(टु अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्न नेपाली टोली अमेरिकामा छ । नेपालले लिग-२ को पहिलो खेल भोलि बेलुका सवा ९ बजे अमेरिकासँग खेल्नेछ । दोस्रो खेल मंगलबार स्कटल्याण्डसँग र नोभेम्बर २ पुनः अमेरिका र नोभेम्बर ४ मा अमेरिकासँग खेल्नेछ । लिग-२ खेल्नुअघि नेपालले अमेरिकासँग टी-२० सिरिज खेलेको थियो । सिरिज नेपालले क्लिन स्विप गरेको थियो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्