साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत सेमिफाइनलमा भारतलाई हराउँदै नेपाल फाइनलमा

Sagarmatha Post
Sagarmatha Post १२ कार्तिक २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौँ। साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत सेमिफाइनलमा भारतलाई हराउँदै नेपाल फाइनलमा पुगेको छ। आइतबार दशरथ रंगाशालामा भएको सेमिफाइनल खेलमा पेनाल्टी शुटआउटमा नेपालले भारतलाई पराजित गरेको हो। विवादले दुई पटकसम्म रोकिएको खेल एक-एक बराबरीमा खेल सकिएको थियो। पेनाल्टी शुटआउटमा नेपालले चार गोल गर्दा भारतले दुई गोलमात्रै गरेको हो । फाइनलमा नेपालले बुधबार बंगलादेशसँग खेल्नेछ।

नेपाल र भारतबीच साफको सेमिफाइनलमा दोस्रो पटक प्रतिस्पर्धा भएको हो। सन् २०२२ मा दशरथ रंगशालामै भएको सेमिफाइनलमा नेपालले भारतलाई पराजित गरेको थियो। यद्यपि नेपाल फाइनलमा बंगलादेशसँग पराजित भएको थियो। आजै भएको पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई ७-१ ले हराएर दोस्रो पटक फाइनलमा स्थान पक्का गरेको थियो।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्