अनुसन्धानमा कसैलाई पनि काखापाखा नगरिने : गृहमन्त्री

Sagarmatha Post
Sagarmatha Post १२ कार्तिक २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार, ठगी तथा अपराध गर्ने सबैमा अनुसन्धान हुने बताएका छन् । सोमबार प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले अनुसन्धानमा कसैलाई पनि काखापाखा नगरिने उल्लेख गरे । “भ्रष्टाचार, ठगी, अपराध गर्ने सबैमा अनुसन्धान हुन्छ । यसमा कुनै काखापाखा हुँदैन । सत्ताप्रतिपक्ष हेरिन्न,” उनले भने, “कारबाही मानिसको मुख होइन तथ्य प्रमाण हेरेर हुन्छ ।”

सरकारले कानुन विपरीत कसैलाई प्रतिशोध साध्ने, दुःख तथा हैरानी दिने काम नगर्ने उनले बताए । गृहमन्त्री लेखकले भने, ‘अनुसन्धान निष्पक्ष र स्वतन्त्र हुन्छ । अदालतबाट अनुमति लिनुपर्ने ठाउँमा न्यायालयबाट अनुमाति लिइन्छ ।’ सरकार कानुनभन्दा बाहिर नजाने भन्दै उनले सरकारमाथि विश्वास गर्न समेत आग्रह गरे ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्