रबिन थपलिया । काठमाण्डौं । कार्तिक १५ । नेपालीहरुको महानपर्व सूभदिपावली, नेपाल संवत ११४५ र छठ लगायतका पर्वहरुको अवसरमा तारकेश्वरमा काँग्रेसको सुभकामना कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली काँग्रेस क्षेत्र नं ६, प्रदेश ख र तारकेश्वर नगर समितिको संयुक्त आयोजनामा नेपाल सरकारका उपप्रधानमन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री प्रकाशमान सिंहले देश, काल र परिस्थीतिलाई बुझेर काँग्रेस–एमालेको सरकार बनेको बताँउदै जनतालाई सुसाशन दिन सरकार लागि परेको बताउनुभयो ।
नेपाली काँग्रेस क्षेत्र नं ६ का सभापति श्याम खड्गीको सभापतित्वमा सम्पन्न कार्यक्रममा पुर्व मन्त्री भिमसेनदास प्रधान, बाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्री हरि प्रभा खड्गी, नेपाली काँग्रेसका नेता इन्द्र बानियाँ, तारकेश्वर नगरपालिकाकी उपप्रमुख एवं नेपाली काँग्रेस क्षेत्र नं ७ की सचिब सृजना बुर्लाकोटी अर्याल लगायतले चाडपर्वहरुको अवसरमा सुभकामना व्यक्त गर्नुभएको थियो ।
तारकेश्वर नगरपालिकाका प्रमुख एवं नेपाली काँग्रेस तारकेश्वर नगरसमितिका सभापति कृष्ण हरि महर्जनले संचालन गर्नुभएको कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं ६ प्रदेश ख का सभापति बिष्णु भक्त तिमिल्सीनाले स्वागत मन्तव्य राख्नुभएको थियो ।



fgfg


प्रतिक्रिया दिनुहोस्