अर्घाखाँचीमा देउसीभैलो नाचिरहेको स्थानमा बसको ‘ब्रेक फेल’ हुँदा दुर्घटना, एकजनाको मृत्यु, १८ जना घाइते

Sagarmatha Post
Sagarmatha Post २० कार्तिक २०८१, मंगलवार
1 Min Read
Aa

अर्घाखाँचीको भूमिकास्थान नगरपालिकास्थित जयठाटीमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । वडा नं ५ र ६ को सिमाना पर्ने जयठाटीमा हिजो साँझ ५ बजे देउसीभैलो नाचिरहेको स्थानमा ना ३ ख २४७१ नं को बसको ‘ब्रेक फेल’ हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। बसले भैलो खेलिरहेकाहरूलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए। त्यस्तै घटनामा १८ जना घाइते भएका छन् ।

प्रहरी र स्थानीयले घाइतेहरूको उद्धार गरेका थिए। घाइतेलाई अर्घाखाँची अस्पतालमा उपचारका लागि पठाइएको र घटनाको अनुसन्धान भइरहेको मल्लले बताए। साविक खिल्जी र असुरकोट गाविस हाल वडा नम्बर ५ र ६ को सिमाना जयठाटीमा १५–१६ भैलोका टीम नाच्ने परम्परा रहेको छ । भैलो हेर्ने परम्परा अनुसार मानिसहरु भैलो हेर्न पुगेका थिए ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्