रास्वपाले पोखरामा गरेको प्रदर्शनबाट सात जना नियन्त्रणमा

Sagarmatha Post
Sagarmatha Post २० कार्तिक २०८१, मंगलवार
1 Min Read
Aa

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा_ ले पोखरामा गरेको प्रदर्शनबाट प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ । कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई तेस्रो पटक म्याद थपका लागि आज अदालत लगिएको छ । सोही क्रममा उनका समर्थकसहित कार्यकर्ताले अदालत बाहिर नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।निषेधित क्षेत्र तोडेको, अराजक गतिविधि गरेको भन्दै प्रदर्शनबाट ६ जनालाई नियन्त्रणमा लिइएको कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले जानकारी दिए ।

निषेधित क्षेत्रभन्दा अगाडि प्रहरी घेरा तोड्न खोजेपछि झडपसमेत भएको छ । प्रहरीले लाठीचार्ज, अश्रुग्यास प्रहार गरेर निषेधित क्षेत्रको घेरा तोड्न दिएको छैन । अहिले पनि रत्नचोकमा रास्वपाका नेताकार्यकर्ताले प्रदर्शन गरिरहेका छन् । रवि लामिछानेसहित ४ जनाको म्याद थपबारे अहिले बहस भइरहेको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्