उपनिर्वाचनको मिति घोषणासँगै बाजुरामा पनि चुनावी बहस सुरु

Sagarmatha Post
Sagarmatha Post २३ कार्तिक २०८१, शुक्रबार
1 Min Read
Aa

बाजुरा । उपनिर्वाचनको मिति घोषणासँगै बाजुरामा पनि चुनावी बहस सुरु भएको छ । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष पदका लागि मङ्सिर १६ गते उपनिर्वाचन हुने भएको छ । उपनिर्वाचनको मिति नजिकिएसँगै दलहरू आन्तरिक  छलफल, बहस र  आपसी परामर्शमा व्यस्त भएका छन्।

काँग्रेसबाट निर्वाचित उपाध्यक्ष मैनादेवी जैसीको निधन भएपछि स्वामिकार्तिकमा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका लागि दलहरूले आफ्ना उम्मेदवार छनोटको कार्य थालनी गरेका छन् । नेकपा एमालेले सुलोचना कुमारी भण्डारी बुढालाई एकल उम्मेदवारको रुपमा घोषणा गरिसकेको छ , भने नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादीले उम्मेदवारको टुङ्गो लगाउन सकेका छैनन् । बाजुरामा   एमाले,कांग्रेस,माओवादी र समाजवादी लगायतका दलहरू मुख्य प्रतिस्पर्धामा रहने छन्।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्