तमु विद्यार्थी छोंज धींको बाह्रौँ राष्ट्रिय महाधिवेशन दमौलीमा आजदेखि सुरु

Sagarmatha Post
Sagarmatha Post २४ कार्तिक २०८१, शनिबार
1 Min Read
Aa

तनहुँ । सञ्चार प्रविधि तथा सूचनामन्त्री पृथ्वीसुब्बा गुरुङले तनहुँको दमौलीमा आजदेखि सुरु भएको तमु विद्यार्थी छोंज धींको बाह्रौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्नुभएको छ ।  तीन दिनसम्म सञ्चालन हुने महाधिवेशनको मन्त्री गुरुङले उद्घाटन गर्नुभएको हो । महाधिवेशन उद्घाटन समारोह अगाडि दमौलीमा जातीय भेषभूषासहित  सांस्कृतिक झाँकी निकालिएको थियो । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनमा पाँच सय प्रतिनिधिसहित एक हजार पाँच सय जनाको सहभागिता छ ।

तमु विद्यार्थी छोंज धीं गुरुङ विद्यार्थीको हकहित तथा अधिकार संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले विसं २०५२ माघ २६ गते स्थापना भएको राष्ट्रिय महाधिवेशन मूल आयोजक समितिका संयोजक विश्वराज तमुले बताउनुभयो । यसअघि विसं २०७९ मा धींको सम्मेलन काठमाडौँमा भएको थियो ।  संयोजक तमुले भन्नुभयो, “सम्पूर्ण विद्यार्थी सङ्गठनसँग पारस्परिक सहयोग, सद्भाव र मैत्रीपूर्ण साझेदारी कायम राख्नु, जातीय स्वशासन, राजनीतिक, शैक्षिक, सामाजिक, आर्थिक, प्रशासनिक पहुँच एवं न्यायिक समतामूलक समाज निर्माणमा सहकार्य गर्नु, तमु जातिको मुक्ति, तमुवान प्रदेश प्राप्ति गर्न तमु विद्यार्थीबिच भावनात्मक एकता, पारस्परिक सहयोग स्थापना गर्ने संस्थाको प्रमुख उद्देश्य हो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्