नेपाल एयरलाइन्सले रुपन्देही जिल्लाको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु

Sagarmatha Post
Sagarmatha Post २५ कार्तिक २०८१, आईतवार
1 Min Read
Aa

रुपन्देही । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको नेपाल एयरलाइन्सले पनि रुपन्देही जिल्लाको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु गरेको छ । विमानस्थल सञ्चालनपछि मलेसिया उडान थालेर उडान स्थगित गरेको नेपाल एयरलाइन्सले पुनः शनिवार रातिदेखि काठमाडौँ–भैरहवा–दुबई–काठमाडौँ उडान सुरु गरेको हो । शनिबार राति ११ बजे काठमाडौँबाट १५८ यात्रुसहित उडान भरेर भैरहवा अवतरण गरेको नेपाल एयरलाइन्स पौने १२ बजे यहाँबाट सिधा दुबई प्रस्थान गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक तथा प्रवक्ता दीपक बज्राचार्यले जानकारी दिनुभयो ।

  प्रवक्ता बज्राचार्यका अनुसार नेपाल एयरलाइन्सले उक्त रुटमा साताको चार दिन आइतबार, सोमबार, बुधबार र शुक्रवार राति ९ः३० बजे काठमाण्डौंबाट उडान भरेर एयरलाइन्स करिब आधा घण्टापछि भैरहवा विमानस्थलबाट दुबई प्रस्थान गर्ने तालिका छ । यो सँगै भैरहवा विमानस्थलबाट नेपाल एयरलाइन्स, जजिरा एयरवेज, फ्लाई दुबई र थाइ एयर एसिया गरी चारवटा वायु सेवाले व्यावसायिक उडान सुरु गरेका छन् । जसमध्ये थाइ एयर एसियाले शुक्रबारदेखि र अन्य तीनवटा शनिबारदेखि नियमित व्यावसायिक उडान सुरु गरेका हुन् ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्