जुम्ला । कालीकोटको पलाता गाउँपालिका–३ स्थित राडुकाप्रे खोलामा बोलेरो जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । जीप दुर्घटना हुँदा घटना स्थलमै ११ जनाको मृत्यु भएको हाे, ९ जना घाइते भएका छन् । जीपमा सवार २० जनामध्ये ११ जनाको घटनास्थलमै मृत्यु भएको कालीकोटका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार घटनास्थलतर्फ प्रहरी नेपाली से परिचालन गरिएको छ । उद्धारका लागि नेपाल सरकारसँग हेलिकोप्टर माग गरिएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।
कालीकोटको पलातामा बोलेरो जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु ,९ जना घाइते


प्रतिक्रिया दिनुहोस्