राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति

Sagarmatha Post
Sagarmatha Post २५ कार्तिक २०८१, आईतवार
1 Min Read
Aa

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थप १३ दिन हिरासतमा रहने भएका छन् । जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीलाई रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको छ । लामिछानेलाई आइतबार चौथोपटक म्याद थपका लागि अदालत उपस्थित गराइएको थियो।

सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि २ कात्तिकमा पक्राउ परेका लामिछानेमाथि प्रहरीले सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान गरिरहेको छ । सुर्यदर्शन सहकारीको बचत लामिछाने तत्कालीन अवस्थामा प्रबन्ध निर्देशक रहेको गोर्खा मिडियामा आएको देखिएको भन्दै सहकारीसम्बन्धी संसदीय छानबिन समितिले उनीसहित गोर्खा मिडियाका पदाधिकारीहरूलाई कारबाही सिफारिस गरेको थियो।

सभापति लामिछाने पक्राउ परेदेखि नै रास्वपाले सडक आन्दोलन गरिरहेको छ। रास्वपाले दोस्रो चरणको आन्दोलन पनि घोषणा गरेको छ। राजनीतिक प्रतिशोधका कारण सभापति लामिछानेलाई पक्राउ गरिएको आरोप रास्वपाको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्