नेप्से परिसूचक ६२.५४ अंकले बढेर २७३८ मा कायम

Sagarmatha Post
Sagarmatha Post २५ कार्तिक २०८१, आईतवार
1 Min Read
Aa

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारले २७०० अंक नाघेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ६२.५४ अंक बढेर २७३८ मा कायम भएको छ । यस दिन कुल २२८ कम्पनीको मूल्य बढ्दा १३ को घट्यो भने तीनको स्थिर रह्यो । यस दिन उल्लेखनीय कारोबार भएको छ । अघिल्लो दिन ५ अर्ब २२ करोडको भएकोमा यस दिन ९ अर्ब ७७ करोडको भयो ।

सबै क्षेत्रका सूचक बढेका छन् । हाइड्रोपावर सेक्टर सबैभन्दा धेरै ४.२६ प्रतिशत बढ्यो । बैंकिङ १.६२, विकास बैंक २.७१, फाइनान्स २.४८, होटल तथा पर्यटन ०.९६, लगानी २.५६, जीवन बीमा २.१६, उत्पादन २.३२, माइक्रोफाइनान्स १.५१, निर्जीवन बीमा १.९५, अन्य २.५२ तथा व्यापार समूह १.१५ प्रतिशत बढे । यस दिन ६ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । गुराँस लघुवित्त, सिर्जनशील लघुवित्त, सुपरमादी हाइड्रोपावर, बलेफी हाइड्रोपावर, नारायणी डेभलपमेन्ट बैंक र समृद्धि फाइनान्सको मूल्य १० प्रतिशत बढ्यो ।

समाज लघुवित्तको ४.८, मिथिला लघुवित्तको ४.१ तथा कुथेली बुकरी स्मल हाइड्रोपावरको ३ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा सानिमा जीआईसी इन्स्योरेन्स, समृद्धि फाइनान्स, ङादी ग्रुप, एचआईडीसीएल प्रमोटर र साहस ऊर्जा क्रमशः अगाडि रहे ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्