नेकपा माओवादी केन्द्रले उपनिर्वाचन हुने सबै स्थानीय तहमा आफ्नै उम्मेदवार उठाउने

Sagarmatha Post
Sagarmatha Post २६ कार्तिक २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौँ । नेकपा माओवादी केन्द्रले मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि तल्ला कमिटीबाट सिफारिस भएका उम्मेदवारको नाम अनुमोदन गरेको छ ।  नेकपा माओवादी केन्द्रको आज बसेको केन्द्रिय कार्यालय बैठकले आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि प्रदेश र जिल्ला कमिटीबाट सिफारिस भएका उम्मेदवारहरूको नाम अनुमोदन गरेको पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्नि प्रसाद सापकोटाले जानकारी दिनुभयो ।

बैठकले निर्वाचनमा सफलता हासिल गर्न योजना र कार्यक्रम समेत बनाउदै सबै पार्टी नेता कार्यकर्तालाई आग्रह समेत गरेको छ ।  बैठकले मङ्सिर मसान्तसम्म पालिका सभा र खबरदारी सभा सँगसँगै लगेर प्रभावकारी जनपरिचालनको कार्यक्रम गर्ने निर्णय गरेको नेकपा माओवादी केन्द्रका प्रवक्ता सापकोटाले जानकारी दिनुभयो । माओवादी केन्द्रले पुस २ गते केन्द्रिय समितिको बैठक बस्ने निर्णय गरेको पनि पार्टी प्रवक्ता अग्नि प्रसाद सापकोटाले बताउनुभयो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्