मनमैजु युवा समुहको आयोजनामा तारकेश्वर पर्यटन व्यापार तथा संस्कृतिक महोत्सब सुरु, महोत्सब मंसिर १५ गते सम्म चल्ने

Sagarmatha Post
Sagarmatha Post २७ कार्तिक २०८१, मंगलवार
2 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । कार्तिक २७ । कला, धर्म र संस्कृतिको पहिचान, स्वच्छ हराभरा सुन्दर तारकेश्वरको सान भन्ने मुख्य नाराका साथ हिजो कार्तिक २७ गते देखि तारकेश्वर पर्यटन ब्यापार साँस्कृतिक महोत्सव – २०८१ सुरु भएको छ ।
तारकेश्वर नगरपालिका वडा नं ९ मनमैजु इन्द्रायणी पुल नजिकै सुरु भएको महोत्सबको हिजो एक कार्यक्रमका बिच तारकेश्वर नगरपालिका वडा नं ९ का अध्यक्ष श्यामकृष्ण महर्जनले महोत्सबको उदघाटन गर्नुभयो ।
मनमैजु युवा समुहको आयोजनामा कार्तिक २७ गते देखि सुरु भएको महोत्सब मंसिर १५ गते सम्म चल्ने हुने मनमैजु युवा समुहका अध्यक्ष हिरालाल महर्जनले बताउनुभयो ।
महोत्सबमा ज्योति मगर, रचना रिमाल लगायत मुलुकका ख्यातीप्राप्त कलाकारहरुको सहभागीता रहने मेला संयोजक राजकुमार केसीले बताउनुभयो । महोत्सबमा कार्तिक ३० गते शुक्रबार,मंसिर १ गते शनिबार, मंसिर ७,८, १४ र १५ गते विशेष संस्कृतिक कार्यक्रम हुने केसीले बताउनुभयो ।

May be an image of 3 people and text
मेलाको उदघाटन गदै तारकेश्वर नगरपालिका वडा नं ९ का अध्यक्ष श्यामकृष्ण महर्जनले मेलाले तारकेश्वरको पहिचान गराउन मद्धत पुग्ने बताउनुभयो ।
महोत्सब उदघाटन कार्यक्रममा मनमैजु युवा समुहका अध्यक्ष हिरालाल महर्जनले मेलामा स्थानीय उत्पादनहरुलाई समेत स्टलहरु उपलव्ध गराएकाले नगरवासीहरुको आर्यआर्जनमा सहयोग पुग्ने बताउनुभयो ।
उदघाटन कार्यक्रममा बासुकीनाग टोल सुधार समितिका अध्यक्ष कुमार श्रेष्ठ, युवा व्यवसायी युवराज तिवारी, समाजसेवी नारायण मल्ल ठकुरी लगायतको उपस्थीति रहेको थियो ।
कार्यक्रममा मनोरञ्जनात्मक खेलहरुका साथै विभिन्न व्यापार व्यवसायहरुको स्टलहरु रहेका छन् ।

May be an image of 5 people, dais and text

May be an image of 6 people, flute, dais, temple and text

fggf

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्