रुपन्देही । सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा अनुसन्धानका लागि पक्राउ पर्नुभएका पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयानका लागि पोखरा बाट रुपन्देही जिल्लाको सरकारी वकिल कार्यालयमा उपस्थित गराइएको छ । आजै पोखराबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधैँ सरकारी वकिल कार्यालय रुपन्देहीमा बयानका लागि ल्याइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
रास्वपा सभापति रवि लामिछानेलाई बयानका लागि पोखरा बाट रुपन्देही जिल्लाको सरकारी वकिल कार्यालयमा उपस्थित गराइयो


प्रतिक्रिया दिनुहोस्