काठमाडौँ, आज सडक तथा खोला मापदण्ड खारेज माग गर्दै विरोध प्रदर्शन भएको छ ।भूमि अधिकार संरक्षण संघर्ष समिति र गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिले उक्त मापदण्डले नागरिकको उठीवास लगाएको भन्दै विरोध र्याली निकालेका हुन् । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारबाट सुरु र्याली माइतीघर मण्डला पुगेको छ । र्यालीमा अभियन्ता सुमन सायमीलगायत सहभागी छन् । यालीमा सहभागीहरूले ‘निजी घरजग्गामाथि हस्तक्षेप बन्द गर’, ‘अन्यायपूर्ण सडक विस्तार खारेज गर ’, ‘मापदण्डका नाममा जनतालाई उठिबास गर्न पाइँदैन’ लगायत नारा लेखिएको प्लेकार्ड बोकेका छन् ।
२०८० पुस ३ मा सर्वोच्च अदालतले नदी क्षेत्र संरक्षणका लागि बागमती, विष्णुमतीलगायत उपत्यकाका ठूला नदी तथा खोलाका दायाँबायाँ २०-२० मिटर छाडेर मात्र संरचना निर्माणको अनुमति दिन आदेश दिएको थियो । सो आदेश कार्यान्वयनका लागि काठमाडौँ महानगरपालिकाले सूचना जारी गरेको थियो। यसो गर्दा सयौँ परिवारको उठीवास लाग्ने दाबी गर्दै विरोध गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्